आज:  | Tue, 16, Apr, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या दश हज़ार नजिक

२०७८, १९ श्रावण मंगलवार २३:२५ मा प्रकाशित ( २ साल अघि) ७०६९ पाठक संख्या

काठमाडौं, साउन १९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६३८ जनामा आरटी पिसिआर परीक्षण गर्दा दुई हजार ४४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।साथै छ हजार ८० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९९४ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ९९२ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस