आज:  | Sun, 26, Sep, 2021

कोरोनाबाट ९४.१ प्रतिशत सङ्क्रमणमुक्त

२०७८, १९ श्रावण मंगलवार ००:५३ मा प्रकाशित ( १ महिना अघि) ६५२ पाठक संख्या

काठमाडौं, साउन १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६१३ जनामा आरटी पिसिआर परीक्षण गर्दा दुई हजार २७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, तीन हजार १९८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२५ जना कोरोना संक्रमित निको भएका छन\ भने सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८९८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस