आज:  | Sun, 26, Sep, 2021

९४.१ प्रतिशत सङ्क्रमणमुक्त

२०७८, १७ श्रावण आईतवार २०:३९ मा प्रकाशित ( १ महिना अघि) ६८३ पाठक संख्या

काठमाडौं, साउन १७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४०२ जनामा आरटी पिसिआर परीक्षण गरिएको छ् । जसमा एक हजार ९८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।साथै चार हजार २३४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही समयमादुई हजार २० जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८७५ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस