आज:  | Sat, 20, Apr, 2024

कोरोना अपडेट

२०७८, १६ श्रावण शनिबार १८:१८ मा प्रकाशित ( २ साल अघि) १३९२० पाठक संख्या

काठमाडौं, साउन १६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार २६३ जनामा आरटी पिसिआर परीक्षणमादुई हजार २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै, चार हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९१६ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८५७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस