आज:  | Sun, 26, Sep, 2021

भेरोसिल खोपको एक सय मात्रा होटलमा भेटियो बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का पक्राउ

२०७८, १५ श्रावण शुक्रबार २१:१९ मा प्रकाशित ( १ महिना अघि) १५८२ पाठक संख्या

झापा सम्बाददाता 

झापाको बिर्तामोडस्थित होटल टाइमलेसमा २ सय मात्रा भेरोसिल खोप सहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का पक्राउ परेका छन !

खड्कालाई प्रहरीले लुकाएर राखेको एक सय डोज खोप सहित होटलबाट पक्राउ गरेको हो । उनलाई आज दिउँसो होटलमा खोप लुकाउँदै गर्दा तरुण दलका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । बिर्तामोडको होटल टाइमलेस मोमेन्ट्समा खोपसहित खड्कालाई समातेर प्रहरीमा बुझाइएको हो ।

विगत केही दिनयता स्वास्थ्य प्रमुख खड्काले सो होटलमा नजिकका ब्यक्तिहरुलाई बोलाएर खोप लगाउने र मोटो रकम लिएर खोप लगाउने गरेको बताइएको छ । खड्कामाथि यस अघि पनि खोप लुकाएर प्रतिब्यक्ति १० हजार रुपयाँ असुलेर बिक्री गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले खड्का प्रहरीको नियन्त्रणमा रहेको बताए । खड्काले एक सय डोज खोप लुकाएको पुष्टि भएको उनले जानकारी दिए । खड्काले खोपमा चलखेल गरेको बुझेपछि तरुण दल र माओवादी कार्यकर्ता दुई दिनदेखि नियमित निगरानीमा थिए ।

खबर एक्सप्रेस