आज:  | Sun, 26, Sep, 2021

अहिलेसम्म ९४.१ प्रतिशत सङ्क्रमणमुक्त

२०७८, १५ श्रावण शुक्रबार १७:०० मा प्रकाशित ( १ महिना अघि) ९६२ पाठक संख्या

काठमाडौं, साउन १५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा नौ हजार ७८३ जनामा आरटी पिसिआर परीक्षण गर्दा दुई हजार ४६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, चार हजार ८७८ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार १४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८१६ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८३४ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस