आज:  | Fri, 29, Mar, 2024

नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर

२०७८, १४ श्रावण बिहीबार २२:२३ मा प्रकाशित ( २ साल अघि) ७१६२ पाठक संख्या

काठमाडौं, साउन १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार ५५५ जनामा आरटी पिसिआर परीक्षणमा दुई हजार ३३५ जनामा र यस्तै, चार हजार ६८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको छ। नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३७३ जना कोरोना सङ्क्रमित निको भएका छन् । सङ्क्रमणका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८०७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.३७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस