आज:  | Sun, 26, Sep, 2021

नेपालमा २४.२ प्रतिशत सङ्क्रमण दर

२०७८, १३ श्रावण बुधबार २२:१९ मा प्रकाशित ( २ महिना अघि) ८३८ पाठक संख्या

काठमाडौं, साउन १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दश हजार ८८६ जनामा आरटी पिसिआर परीक्षण गर्दा दुई हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भने चार हजार ९२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर रहेको छ ।

सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ७९१ जना पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त दर ९४.३७ प्रतिशत रहेको छ ।

खबर एक्सप्रेस