आज:  | Fri, 19, Apr, 2024

खोप उपलब्ध नगराए औषधि आपूर्ति ठप्प पार्ने संघको चेतावनी

२०७८, १२ श्रावण मंगलवार १९:४३ मा प्रकाशित ( २ साल अघि) ९०२२ पाठक संख्या

झापा, बिष्णु प्रसाद आचार्य । औषधी व्यवसाय नेपालको ईतिहासमा औषधी ऐन २०३५ आउनु भन्दा पहिला स्थापित भएको संस्था हो ।यसै पेशामा आवद्ध रहेर नेपाल औषधी व्यवसायी सङ्घको शाखा कार्यालय झापामा (साविक मेचि शाखा )स्थापित भएको पनि चार दशक पार गरेको हामी झापा जिल्लाका सवै व्यवसायीलाई स्मरण नै छ।

विश्व लगायत नेपालमा पनि कोरोनाको लहरको प्रथम र चलिरहेको द्वितीय संक्रमण पनि हामी औषधी व्यवसायी फन्टलाईनमा रहेर लकडाउनको समयमा कुनै पर्वाह नगरी सेवारत रहेको सवै सामु जीवन्त छ। कोरोनाको यस विषम परिस्थितिमा झापा रेडजोनमा छ।प्रायस झापाका सवै नगरपालिका र गाऊँपालिकाहरु धमाधम लकडाउन तयारीमा छन । तथापी हामी स्वस्थ क्षेत्रले यसलाई असहजताका वावजुत झुझारत सेवामा समर्पितछौ ।

केहीसमय अघी जिल्ला प्रसासन कार्यालयमा निवेदन दर्ता चलानी गरि झापा जील्लामा ६०० को सङ्ख्यामा औषधी व्यवसायी रहेकोले उक्त व्यवसायीहरुलाई फ्रन्ट लाईनर भएकोले खोप उपलब्ध गराउन सम्वाद गर्दा प्रमुख जिल्ला अधिकारिले निवेदन उपर तोक आदेश गरि स्वास्थ्य कार्यलय झापालाई पठाएको र उक्त परिपत्र हामी जिल्ला कार्यसमिती झापा स्वयम् उपस्थिति भई वुझाएको र सकारात्मक जवाफको आशामा रहेको वर्तमान परिस्थितीमा आज मिती २०७८/०४/१२ गते वितरण भईरहेको खोपको कार्यतालिकामा औषधी व्यवसायीको कतै पनि नामोच्चारण सम्म नभएकोमा झापा जिल्ला शाखा स्तब्ध एवं दुखित भएको छ। तसर्थ खोपको उपलब्धतामा औषधी व्यवसायीलाई नजरअन्दाज गरिने हो भने हामी पनि लाक लकडाउन अवधिभर र खोप नपाईन्जेल विभिन्न चरणका आन्दोलन सहित व्यवसाय सन्चालन गर्ने वा व्यवसाय बन्द गरि औषधी आपूर्ति ठप्प पार्न सक्ने सम्मको अवस्थामा पुगेको सुचित गर्दै । यस्तो अवस्था श्रृजना भएमा यसको पूर्ण जवाफदेहिता जिल्ला प्रसासन कार्यालय्  र जिल्ला स्वास्थ्य झापा रहने व्यहोरा प्रकाश गर्दछौ । भन्ने बिज्ञप्तीमा भनिएको छ ।

खबर एक्सप्रेस