आज:  | Tue, 16, Apr, 2024

सिनेमा खुल्ला यी ठूला फिल्महरू अगस्टमा रिलीज हुन सक्छन्

२०७८, ११ श्रावण सोमबार २१:५५ मा प्रकाशित ( २ साल अघि) २२७८६ पाठक संख्या

दिल्लीमा सिनेमा घर खोल्न अनुमति दिइएको छ ।यो सँगै अब सिनेमा घरहरूमा रिलीज हुने फिल्महरू दर्शकहरूले अगस्टमा ठूलो स्क्रिनमा हेर्ने मौका पाउने छन्।

कोरोना संक्रमणको घट्दो दरसँगै सिनेमा घरहरूलाई फेरि दिल्लीमा खोल्न अनुमति दिइएको छ । देशको राजधानीमा ५० प्रतिशत दर्शकहरू बस्ने व्यवस्थाको साथ यो अनुमति दिएसँगै दर्शकले ठूलो पर्दामा फिल्म हेर्न पाउने छन् । सिनेमा घरहरू सोमबारबाट खोलिएका छन् । 

दर्शक कती आउछन् भन्नेमा अझै टुंग़ो छैन ।दर्शकहरूले अगस्टमा ठूलो स्क्रिनमा ठूला फिल्महरू हेर्ने मौका पाउने छन्।  रणवीर सिंहको फिल्म ”८३” अगस्ट महिनामा सिनेमा घरहरूमा रिलीज हुनेछ। कबीर खान निर्देशित यस फिल्म १९८३ मा क्रिकेट विश्व कपमा भारतको ऐतिहासिक जीतमा आधारित छ। यस फिल्ममा रणवीर सिंह कपिल देवको भूमिकामा छन्, जबकि दीपिका पादुकोण पनि उनीसँगै देखा पर्नेछिन् । स्टारकास्ट फिल्म लकडाउन र कोरोना संक्रमणको कारण गत डेढ बर्षदेखि रिलीजको लागि कुर्दै आएको फिल्म हो।

अर्को फिल्म ‘बेल बटम ‘ पनि अगस्ट १५ भन्दा अगाड़ी रिलीज हुने सम्भावना छ । भने अक्षय कुमार कै ‘सूर्यवंशी’ लाई लिएर पनी दर्शक उत्साहीका साथ बसेका छन्।निर्माताहरूले ठुला फिल्महरू ठूला पर्दामा रिलीजको लागि पर्खेर बसेका छन्।  तर जबकि ‘सूर्यवंशी’ को रिलीजको बारेमा हालसालै कुनै अपडेट गरिएको छैन । तर बेल बटम भने अगस्ट १५ तिर  रिलीज हुन सक्ने बताइएको छ ।  

यी फिल्म पनी रिलीज हुन सक्छन

अन्य राज्यमा पनी सिनेमा घर खुलेमा अन्य चलचित्रहरू जस्तै सलमान खानको ‘राधे’ फरहान अख्तरको ‘तूफान’ र अन्य केही फिल्महरू ओटीटीमा भएका स्टारहरूको फिल्म रिलीज हुनसक्ने बताईएको छ । 

खबर एक्सप्रेस