आज:  | Sat, 20, Apr, 2024

कोरोना सङ्क्रमणमुक्त दर ९४.५७ प्रतिशत

२०७८, ११ श्रावण सोमबार १६:४७ मा प्रकाशित ( २ साल अघि) ७९३७ पाठक संख्या

काठमाडौं, साउन ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४० जनामा आरटी पिसिआर परीक्षण गर्दा दुई हजार ३९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, पाँच हजार २५ जनामा गरिएको एन्टिजेन परीक्षणमा एकहजार ३०जनामा सङ्क्रमण पुष्टि भएको छ । भने सोही समयमा एक हजार ६८६ जना कोरोना संक्रमित निको भएका छन । भने २५ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म नौ हजार ७३८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.५७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस