आज:  | Sat, 20, Apr, 2024

चेम्बर अफ कमर्स प्रदेश १ को उपाध्यक्षमा सन्तोष अग्रवाल

२०७८, १० श्रावण आईतवार ०१:१३ मा प्रकाशित ( २ साल अघि) ८३७१ पाठक संख्या

नेपाल चेम्बर अफ कमर्स झापाका पूर्व अध्यक्ष व्यवसायी सन्तोष अग्रवाल चेम्बर अफ कमर्स प्रदेश १ समितिको उपाध्यक्षमा मनोनीत भएका छन् । चेम्बर अफ कमर्स प्रदेश समितिको शुनिबार बसेको बैठकले अग्रवाललाई कार्यसमितिको उपाध्यक्षमा सर्वसम्मत मनोनीत गरेको हो ।शनिबारको बैठकले प्रदेश समितिलाई विस्तार पनि गरेको छ । विस्तारित समितिको महासचिवमा अँशु बन्जरा (बिराटनगर), सदस्यहरुमा बिराटनगरकै राम अवतार अग्रवाल, दीपबहादुर खापुङ, योन्जित प्रधान, रन्जित भगत मनोनीत भएका छन् ।

चेम्बर अफ कमर्स प्रदेश समितिको शनिबारको पहिलो बैठकले व्यवसायीका लागि सरकारसँग कोरोनाविरुद्धको खोप माग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेश १ का सबै जिल्लाको स्थलगत अवलोकन गर्ने तथा अवलोकन पश्चात रचनात्मक एवं प्रभावकारी हुने किसिमका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

खबर एक्सप्रेस