आज:  | Sat, 20, Apr, 2024

थप १८ जनाले ज्यान गुमाए

२०७८, ८ श्रावण शुक्रबार १६:१५ मा प्रकाशित ( २ साल अघि) १६१५२ पाठक संख्या

बितेको २४ घण्टामा देशभर १७ हजार ३०८ जनाको स्वाब परीक्षण गर्दा २९७७ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर १३ हजार ६९८ जनाको गर्दा १९८२ जनामा संक्रमण पुष्टि भएको छ भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै बितेको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ । 

खबर एक्सप्रेस