आज:  | Fri, 29, Mar, 2024

९४.६ प्रतिशत सङ्क्रमणमुक्त

२०७८, ७ श्रावण बिहीबार १७:२१ मा प्रकाशित ( २ साल अघि) ७२२४ पाठक संख्या

काठमाडौं, साउन ७ गते । पछिल्लो २४ घण्टामा नौ हजार १२२ जनामा आरटी पिसिआर परीक्षणमा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, तीन हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७१४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६६१ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस