आज:  | Sun, 14, Apr, 2024

काठमाडौमा कोरोना संक्रमित बढ्दै गए

२०७८, ७ श्रावण बिहीबार ०८:१९ मा प्रकाशित ( २ साल अघि) ७५०३ पाठक संख्या

गणेश तिवारी, काठमाडौं, साउन ७ गते । काठमाडौमा कोरोना संक्रमित बढ्दै गएका छन् । काठमाडौमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाका विरामी एकाएक बढ्दै गएका छन् । अस्पतालका अनुसार पछिल्लो समय सङ्क्रमण दर विस्तारै कम हुँदै गएको थियो ।तर पछिल्लो हप्तादेखि फेरि एक्कासि विरामी संख्या बढ्दै गएको छ । जसमा युवा र मध्ये उमेर समूहमा बढी रहेकाछन्। अहिले मानिसको जमघट धेरै हुँदै आएको छ । अहिले ४०वटा साधारण बेड र २४ वटा आईसीयू बेड भरीभराउ भएको अस्पाताल श्रोतले बतायो। यही अवस्था रहे फेरी महाविपत्ति आउन सक्ने भएकाले यसलाई रोक्नका धेरै कुराहरुको तयारी आवश्यक रहेको छ ।

बिज्ञहरुले तेस्रो लहरमा बालबालिका वढी जोखिममा हुनसक्ने बताउदै आएका छन्। अझै कुन रुपमा आउने र कोरोनाको तेश्रो रुप के हुने र कती सन्क्रमण हुने अझै केही एकिन गर्न नसकिने बताइएको छ । आफ्ना बालबच्चालाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न लगाउन जरुरी छ भन्दै बिज्ञहरुले बताउदै आएका छन् ।

खबर एक्सप्रेस