आज:  | Thu, 28, Mar, 2024

खोलामा मान्छेको रगत बगाको बिर्सनुभयो ? भन्दै कमल थापाले बाबुरामलाई चेतावनी 

२०७८, ७ श्रावण बिहीबार ००:४७ मा प्रकाशित ( २ साल अघि) १३८२७ पाठक संख्या

काठमाडौं, ६ साउन । एक ट्वीटलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विगतमा मान्छेको रगत बगाएको भन्दै कडा चेतावनि दिये दिएका छन् । डा. भट्टराईले आफ्नो सहपाठीले राखेको भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दूध बगाएकोलाई व्यङ्ग्य गर्दै आफ्नो ट्वीटरमा लेखेका थिए ।

‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिं बिर्सिनुभयो ?’ भन्दै भट्टराईलाई कडा चेतावनी दिदै “आगोसँग नखेल्न चेतावनी दिएका छन् । उनले लेखेका छन्,‘कृपया आगोसँग नखेल्नुहोस् प्रिय सहपाठी बाबुराम र आस्थालाई धर्मसँग तुलना गर्नुहोस् ।’डा. भट्टराईको ट्वीटलाई लिएर र्बिभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

यसप्रति भाजपा प्रवक्ता डा बिजय चौथाइवालेले समेत कडा चेतावनीसहित टिप्पणी गरेका छन्  ।

खबर एक्सप्रेस