आज:  | Fri, 06, Aug, 2021

प्रेमगीतले सर्बाधिक रेकड कायम गर्‍यो : युट्युवमा २करोड ५०लाखभन्दा बढी हेरियो

२०७८, ६ श्रावण बुधबार २२:०० मा प्रकाशित ( २ हफ्ता अघि) ४९७ पाठक संख्या

काठमाडौं । सर्बाधिक रुचाईएको फिल्म ‘प्रेमगीत’ २ करोड ५० लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ । योसँगै नेपाली फिल्मले युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्मको रेकड कायम गरेको छ। 

पाँचवर्षअघि रिलिज भएको फिल्म ‘प्रेमगीत’ युट्युवमा सो रेकड कायम गरेको हो ।हुनत यो फिल्मले युट्युवमा निरन्तर आफ़नो दबदबा कायम गर्दै आएको छ। सन् २०१६ को जुन १७ तारिखमा युट्युवमा रिलिज गरिएको फिल्मलाई सन्तोष सेनले निर्माण र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

सोही फिल्मबाट प्रदीप खड्का र पूजा शर्माको अनस्क्रिन जोडी निकै हिट भएको थियो।यही फिल्म मार्फत उनिहरुले नेपाली फिल्म क्षेत्र आफ्नो सफलताको सिढी चढ्न सफल भएका थिए । युट्युवमा कीर्तिमान राखेपछि निर्माता संतोष सेनले आम दर्शकलाई सामाजिक संजाल मार्फ़त धन्यवाद दिएका छन् । प्रेमगीतको तेस्रो सिक्वेल प्रेमगीत३ हाल निर्माण सम्पन्न भएर बलीवुड नगरी भारतको मुम्बईमा हिन्दी भाषामा सम्पादन समेत हुँदैछ।आशा छ यो फिल्मले नेपाली फिल्मको बजारलाई उचाई मा पुर्याउने आशा लिईएको छ।

 

खबर एक्सप्रेस