आज:  | Fri, 06, Aug, 2021

सङ्क्रमण बढदै गए

२०७८, ६ श्रावण बुधबार १७:१२ मा प्रकाशित ( २ हफ्ता अघि) २८० पाठक संख्या

काठमाडौं, साउन ६ गते । पछिल्लो २४ घण्टामा आठ हजार ७१२ जनामा आरटी पिसिआर परीक्षणमा एक हजार ९१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, तीन हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४७५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन । भने सङ्क्रमणबाट ३० जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६३७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस