आज:  | Thu, 25, Apr, 2024

कोरोना निको हुने दर ९४.६ प्रतिशत

२०७८, ५ श्रावण मंगलवार १६:५८ मा प्रकाशित ( २ साल अघि) ६१७० पाठक संख्या

पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाको मृत्‍यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ ।  यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

खबर एक्सप्रेस