आज:  | Fri, 06, Aug, 2021

तीन कम्पनीको आईपीओ आउँदै ?

२०७८, ४ श्रावण सोमबार २३:५५ मा प्रकाशित ( २ हफ्ता अघि) ३४२ पाठक संख्या

गणेश तिवारी, काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न तीन कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ ।बोर्डले सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था र साम्लिङ् पावर कम्पनीलाई आईपिओ निष्काशनका लागि अनुमति दिएको हो । यी तीनै वटा कम्पनीले असार ३१ गते आईपीओ निष्काशनका लागि अनुमति पाएका हुन् ।

जसमध्ये सानिमा लाइफले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता, मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र साम्लिङ पावरले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति पाएको हो ।सानिमा लाइफले जेठ ९ गते आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

यस्तै, मानुषी लघुवित्तले आईपीओ निष्काशनको लागि बैशाख १३ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको चुक्तापुँजी ७ करोड रुपैयाँ छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको चुक्तापुँजी ३७ करोड ७० लाख रुपैयाँ रहेको छ ।साम्लिङ पावरले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधरणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

खबर एक्सप्रेस