आज:  | Mon, 15, Apr, 2024

देउवाले आज नै विश्वासको मत लिने

२०७८, ३ श्रावण आईतवार १०:२५ मा प्रकाशित ( २ साल अघि) १६५२४ पाठक संख्या

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । पहिलो बैठक मै विश्वासको मत लिने छन् । देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।

खबर एक्सप्रेस