आज:  | Fri, 06, Aug, 2021

कलाकार संघले भेट्यो अर्थमन्त्री

२०७८, २ श्रावण शनिबार १९:५० मा प्रकाशित ( २ हफ्ता अघि) ६५२ पाठक संख्या

नव नियुक्त अर्थ मन्त्री माननीय जनार्दन शर्मा ” प्रभाकार”लाई कलाकार संघको एक टोलीले मन्त्रालयको कार्य कक्षमा पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। सोही समयमा कलाकार संघले कोरोनाका कारण प्रभावित चलचित्रकर्मि, संघ/सस्थाका समस्याहरु, कोरोना विरुद् को खोपको सहजता, कलाकार संघको भवन निर्माणका लागि थप रकम निकाशाको लागी अनुरोध गरेको छ । टीममा विशिस्ट चलचित्रकर्मीहरू अभिनेता भुवन केसि, धिरेन शाक्य तथा निर्माता/ कलाकार श्री गोविन्द शाहीको समेत सहभागिता रहेको थियो । चलचित्रकर्मीका समस्याहरुलाई समाधान गर्न जोड दिनु भएको थियो ।

 

 

 

 

 

खबर एक्सप्रेस