आज:  | Fri, 06, Aug, 2021

सेल्फी लिने क्रममा मोडेलको ज्यान गयो 

२०७८, २ श्रावण शनिबार १०:२४ मा प्रकाशित ( २ हफ्ता अघि) ६५२ पाठक संख्या

सेल्फी लिनेक्रममा धेरै जनाको ज्यान गैरहेको सुनिन्छ । हालै सेल्फीलिने क्रममा हङकङकी चर्चित मोडल सोफिया चेउङको निधन भएको छ । ३२ वर्षीया सोफियाले अग्लो स्थानमा गएर सेल्फी लिँदा लडेर ज्यान गुमाएकी छन् । समाचार एजेन्शीका अनुसार सोफिया गत साताको शनिबार आफ्नो साथीहरुसँग हङकङको हा पाक लई नेचर पार्क घुम्न गएकी थिइन ।त्यहा रहेको पाइनएप्पल माउण्टेनमा चढेर सेल्फी लिन खोज्दा खोज्दै लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी सोफियालाई नजिकको अस्पताल पुर्याइएका थियो । तर अस्पताल पुर्याउदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

खबर एक्सप्रेस