आज:  | Fri, 12, Apr, 2024

सुर्खेत सफाइ अभियान पुन: संचालनमा

२०७८, २ श्रावण शनिबार ०९:३४ मा प्रकाशित ( २ साल अघि) ११२८५ पाठक संख्या

सुर्खेत। मेचीमहाकाली सफाइ अभियानको प्रेरणाबाट संचालनमा आएको सुर्खेत सफाइ अभियान पुन संचालनमा आएको छ । कोरोनाका कारण स्थगन भएको अभियानलाई सामाजिक दुरी कायम गरी फेरी नियमित संचालनमा टिम जुटेको छ । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको पर्यटकिय् क्षेत्रहरू सफाइमा सुर्खेती यूवा जुटदै आएका छन् । आजको अभियान आफ्नो घर टोल सफा गरौ भन्ने अपिल सहित् आवस छेत्र संगमटोल नजिक सफाइ गरिएको छ। वडाका जनप्रतिनिधि थिर बहादुर शाही अभियन्ता बिबेक शाही लगाएतको पनी सहभागिता रहेको थियो । अभियान अब निरन्तर संचालनमा आउने मुख्य अभियन्ता हिक्मत चन्दले बताएका छन् ।

खबर एक्सप्रेस