आज:  | Thu, 21, Mar, 2024

लास पर्खिरहेको आर्यघाट र कोरोनावाट मृत्यु हुनेहरुको दाहसंस्कार

२०७८, १ श्रावण शुक्रबार १५:५८ मा प्रकाशित ( २ साल अघि) ८७४३ पाठक संख्या

डा.माला खरेल, सामाजिक अभियन्ता

कोरोना भाइरस भनेको भाइरसहरुको प्रजाती नै हो । यो मानिसमा फोक्सोमा लाग्ने रोग हो । यसको उत्पति सन् २०१९ को डिसेम्वरमा चीनको हुवान भन्ने ठाउंवाट शुरुवात भएको हो । अहिले यो सवै महादेशमा फैलिरहेको छ । संक्रमित व्यक्तिको संख्या दिनदिनै वढदै छ ।

कोरोना लाग्दा ज्वरो, खोकी, स्वास फेर्न कठिनाई, थकान, मांसपेशीवा शरीर दुखाई, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, घांटी दुख्ने, नाकवाट पानीवग्ने, वान्ताआउने, पखालालाग्ने आदि हुन्छ । कोरोनाभएका पुष्टि प्रयोगशालामा परिक्षणवाट गरिन्छ । स्वास्थ्य सेवाप्रदायकले व्यक्तिको र्यालको नमूना संकलन गर्दछन् वा व्यक्तिको नाक वा घांटीको स्वाव परिक्षण गर्दछन् ।
कोरोना भाइरस नेपालमा २०७७ पौष महिनाबाट देखियको हो । कोरोनावाट नेपालमा मृत्यु हुनेमा २०७७/०२/०३ गते एक सुत्केरी महिला थिइन । त्यसपछि लगातार कोरोनावाट मृत्यु हुनेको लासहरु आर्यघाटमा आउन थाले । कोरोनावाट मृत्यु हुनेहरुको विद्युतिय शवदाहगृहवाट दाहसंस्कार गरिन्थ्यो भने अन्य कालगतिले मृत्युहुनेहरुलाई भने भष्मेश्वर र आर्यघाटमा दाहसंस्कार गरिन्थ्यो ।

कोरोनावाट मृत्यु भएपछि उपत्यकाको काठमाण्डौ ललितपुर भक्तपुर र धुलीखेल सम्मवाट नेपाली सेनाले शवलिएर आउंथे र विद्युतिय शवदाह गृहमा लगेर छोडिदिन्थे । त्यसपछि काम शुरु हुन्थ्यो । सुवास कुमार कार्की जो पशुपति क्षेत्र विकास कोषमा करारमा कार्यरत कर्मचारी हुन् । उनि लास व्यवस्थापन गर्ने जलाउने आदि गर्ने र गराउने काम गर्दथे । उनि १३ वर्ष देखि पशुपति क्षेत्र विकास कोषमा करारमा जागिर खाएर वसेका छन् । नेपाली सेनाले गाडीमा एकैपटक १८ ओटा सम्म शव लिएर आउंथे । तीशवलाई जलाउनको लागि दाउराको चिता तयार गर्नु, दागवत्ति दिनु, पुरै लास ज्िलसकेपछि जलाएको ठाउं सफा गर्नुसम्म सुवासको टिमको काम हुन्थ्यो । केही लाश विद्युतिय सव गृहमा जलाइन्थ्यो । त्यसका प्राविधिक थिए पुर्णवहादुर कार्की । उनका अनुसार दिनको ३० जना सम्म जलाउन मिल्छ । प्रतिशव ४५ मिनेट लाग्थ्यो जल्नको लागि ।
यसरी लाश जलाउदा हिन्दु संस्कार अनुसार अन्तेष्ठीको वेलामा गरिने संस्कार घिउ, कपुर, लालधुप हालेर जलाउंथे । २०७८ साल जेष्ठ ३ गतेका दिन ११२ वटा सम्मशवको सदगत गरेका थिए। त्यस्तै गरेर कहिले १०४ ,१०२, १००, ९०, ९७, ८७ सम्म शव जलााउनु पर्दथ्यो । सुवासका अनृसार एक पटकमा दाउराको ४० वटा सम्म चिता तयार गरेर एकैपटक दागवत्ति दिंदा मन ज्यादै रुन्थ्यो । यसरी आएका लाशमध्ये यो दोश्रो लहरको कोरोनाको समयमा ३० देखि ५० वर्ष सम्मका मानिसहरु ज्यादा छन् । हुन त वृद्ध वृद्धा र वालवालिका पनि नआएका भने होइनन् । भरखर जन्मेका देखि ३, ४, ६ महिनाको र ४,५ वर्षको बालवालिकाको पनिकोरोनाकै कारण मृत्यु भएको छ ।
यसरी लाश जलाउंदा सुवास र पूर्ण लगायत १५ जनाले महिनौ सम्मदिनको २, ३ घण्टा मात्र सुतेर १ छाक खाना खाएर कामगरिरहे । खानाको लागि पनि कसैले सहयोग सम्म गरेनन् । एकछिन फुर्सद हुंदाआ–आफ्नो घर गएर १ छाक खानाखाएर काममा खटिनु पर्दथियो । दिनदिनै गरेर यी टिमले यस्तो डरलाग्दो रोगवाट मृत्यु भएकाहरुको सव व्यवस्थापन गर्ने काम गरिरहे । उनिहरुलाई एउटा शव जलाए वापत रु १०००।– पाउंथे । शव अत्यन्त ज्यादै आएको वेलामा ३५ जना सम्मले काम गरेका थिए । २०७८ साल असारवाट लास आउने क्रममा कमि आएको छ । असार १३ गतेको दिन ८ वटा मात्र कोरोनाको लाश आएको छ । सुवासलाई यसरी ज्यानको बाजील गाएर रात दिन लाशसंग काम गरिरहंदा परिवार र माया गर्ने मित्रहरुले ज्यादै गाली गरिरहेका छन्, यो काम छाडिदे भनेर । पैसा र सम्मान केही छैन । उनलाई डेराभाडा तिर्न र जीवन जिउन नै गाह्रो छ । झन त्यसमा आफन्त गुमाएका मृतकका परिवारहरु आएका हुन्छन् । लाश पुरै प्लास्टिकले बेरेर आएको हुन्छ । आफन्तले अन्तिममा मुख हेरुं भन्छन । त्यो प्लास्टिक खोल्न मिल्दैन । त्यसपछि ती मृतकका आफन्तले पिडामा आफन्तको मुख सम्म हेर्न नपाउंदा बेसरी गालीगर्न थाल्छन् कसैले त नराम्ररी सराप्छन् पनि । तेरो आमा बा मर्दा यस्तै गरी तैंले हेर्न सम्म नपाओस सम्म भन्न भ्याउंछन् । त्यसो त धन्यवाद पनि नपाएको भने होइनन धेरैको । त्यसैले नै जसले जे भने पनि पशुपतिनाथ र समाज सेवा गरिरहेको सम्झीएर यी १२ जाना योद्धालाई स्वास्थ्यकर्मी सरह सम्मान गर्ने पर्ने देखिन्छ ।
आफ्नो जीवन जोखिममा राखी निरन्तर सेवामा समर्पित यी योद्धालाई सम्मान गरि हौसला दिऔं, सहयोग, समर्पण र दृढ विश्वास दिलाऔं ।जव सारा संसार आफुलाई वचाउनको लागि जुधिरहेको बेलामा अहिले सुपरम्यान, आइरन म्यान सवै भुलेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक अभियन्ता जस्तै यी घाटमा काम गर्ने असली सुपर हिरोहरुलाई सम्मान गरौं । अहिले सम्पूर्ण देशको व्यापार, उद्योगधन्दा पर्यटन, उत्पादन, निर्यात, स्वास्थ्य शिक्षा, रोजगार आदि क्षेत्रमा कोरोनाले नराम्ररी असर पारेको छ ।

यस्तो महामारीको समयमा पनि मानविय सेवामा समर्पित यिनीहरु विना कोरोनालाई परास्त पार्न लगभग असंभवनै हुने थियो । यिनिहरु संघै आफ्नो भन्दा वढी राष्ट्रको चिन्ता गर्दछन् । यो चुनौतीपूर्ण समयमा मजवुत भएर उभिने सम्पूर्णलाई धेरै धन्यवाद ।

डा.माला खरेल

खबर एक्सप्रेस