आज:  | Thu, 05, Aug, 2021

नेपाली सेनाले कर्णाली करिडोरको खुलालु-लैफु-सलीसल्ला सडक खण्डको कार्य सम्पन्न

२०७८, १ श्रावण शुक्रबार ११:३३ मा प्रकाशित ( २ हफ्ता अघि) ४३५ पाठक संख्या

नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको कर्णाली करिडोर अन्तर्गत खुलालु-लैफु-सलीसल्ला सडक खण्डको कार्य सम्पन्न गरि मिति २०७८/०३/३१ गते उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा-सिमिकोट सडक आयोजनाका योजना प्रमुखलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । २०७१ साल चैत्र ०९ गतेबाट निर्माण शुरु गरिएको कुल १२२.७५ कि.मि. लम्बाई र औसत ६ मिटर चौडाई रहेको उक्त सडक खण्डले कालिकोट, बाजुरा र हुम्ला जिल्लालाई जोडेको छ । यस सडक खण्डको निर्माण पश्चात राष्ट्रिय सडक सञ्‍जालमा जोडिन बांकी रहेको अन्तिम जिल्ला हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका समेत उक्त सडक सञ्‍जालमा जोडिएका छन् ।

खबर एक्सप्रेस