आज:  | Fri, 26, Apr, 2024

पाचौ पटक प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त

२०७८, २९ असार मंगलवार २२:१३ मा प्रकाशित ( २ साल अघि) १३८५८ पाठक संख्या

गणेश तिवारी, काठमाडौं, असार २९ गते ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ् । विसं २००३ जेठ ३१ गते असिग्रााम रुवाखोलामा, गन्यापधुरा गाउँपालिका–१ डडेल्धुरामा जन्मिनुभएका देउवा नेपालको पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

विसं. २०२२ सालबाट कांग्रेसमा आवद्ध हुनुभएको देउवा २०५२ भदौ २६ गते पहिलो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।यसबीचमा उहाँ २०२७ सालमा नेविसंघको संस्थापक सदस्य हुनुभयको थियो ।

२०४८ सालमा डडेलधुराबाट सांसद निर्वाचित, २०४८ मै कांग्रेस सरकारमा गृहमन्त्री र २०५१ सालमा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । यसैगरी २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको देउवालाई २०५९ असोज १८ गते राजा तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट हटाउनु भएको थियो ।

२०५९ असारमा कांग्रेस प्रजातान्त्रिक गठन र सभापति हुनुभएको देउवा २०६१ जेठ २० गते तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । तेस्रो पटक प्रधानमन्त्री हुनुभएको देउवालाइ नौ महिनामा नै प्रधानमन्त्रीबाट हटाइको थियो ।
त्यसपछि २०६४ मा कांग्रेस एकीकरणपछि वरिष्ठ नेता, २०७२ मा कांग्रेस सभापति, २०७३ मा कांग्रेस संसदीय दलको नेता हुनुभएको थियो । २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री हुनुभएको देउवा २०७८ असार २९ गते पाँचौं पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।

खबर एक्सप्रेस