आज:  | Fri, 06, Aug, 2021

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त 

२०७८, २९ असार मंगलवार १३:२३ मा प्रकाशित ( ३ हफ्ता अघि) १२४१ पाठक संख्या

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्।  मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। 

देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ । सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाईएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । आजै ५ बजे देउवाको शपथको शपथ ग्रहणको कार्यक्रम तोकिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ  । देउवा यसअघी २०५२ साल भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसपछि २०५८ साउन ११, २०६१ जेठ २१ र २०७४ जेठ २४ मा देउवा प्रधानमन्त्री बनेका थिए ।

खबर एक्सप्रेस