आज:  | Thu, 05, Aug, 2021

होमस्टे मोवाईल एप्सको गण्डकीमा शुभारम्भ

२०७८, २६ असार शनिबार ००:०२ मा प्रकाशित ( ३ हफ्ता अघि) ६०७७ पाठक संख्या

मेघमान श्रेस्ठ , पोखरा
गाँउ पर्यटन प्रवर्धन मञ्च नेपाल गण्डकी प्रदेश को आयोजना नेपाल पर्यटन बोर्डको सहयोग मा निर्मित गण्डकी प्रदेश भित्र मा घरबास (होंम स्टे) हरु अनलाइन प्रविधि मार्फत बुकिङ गर्न मिल्ने, पैसा तिर्न मिल्ने, सबै सुविधा बुझ्न मिल्ने बहुआयमिक होम स्टे मोबाइल एप्स visit Gandaki नामक मोबाइल एप्स को आज भर्चुअल कार्यक्रमबाट शुभारम्भ गरिएको छ।

सो कार्यकम मा प्रमुख अथिती नेपाल पर्यटन बोर्ड का प्रमुख काशी राज भण्डारी , विशेष अतिथि पोखरा पर्यटन परिषद का अध्यक्ष गोपी बहादुर भट्टराई , भिटोफ नेपाल का अध्यक्ष धुर्ब सिम्खडा, अग्नि कँडेल , आन्तरिक पर्यटन पुनरुत्थान समिती गण्डकी प्रदेश संयोजक, खगराज आचार्य , पोखरा महानगरपालिका होम स्टे व्यवस्थापन समिति संयोजक, भिटोफ नेपाल गण्डकी का सलाहकार टीकाराम सापकोटा, डा रामजी शर्मा, पर्यटन सम्बद्ध संपूर्ण संघ संस्था का अध्यक्षहरु, होमस्टे सदभावाना दूत, डेभलपर्स का टिमहरु , भिटोफ नेपाल का प्रदेशका सम्पूर्ण सदस्यहरु , भिटोफ का ११ जिल्ला संयोजक र पत्रकारहरु समेतको उपस्थितमा कार्यक्रम सम्पन्न गरियो।

संस्थाका संस्थापक अध्यक्ष तारा नाथ पहारी ले कार्यकम बारे प्रकाश पार्नु भएको थियो भने डा.रामजी शर्मा , टीका राम सापकोटा, धुर्ब सिम्खडा , गोपी बहादुर भट्टराई , ले शुभकामना मन्तब्य दिनु भएको थियो।अब गाउँ पनि प्रविधि मैत्री , सिधै पाहुनाहरु संग घरबास जोडिँदा ग्रामीण पर्यटन प्रवर्धन हुने र गाँउ ले प्रत्यक्ष फाइदा पाउने भएको छ।

गण्डकी प्रदेश ले एउटा नयाँ काम को सुरुवात समेत गरेको कार्यकम का प्रमुख अथिती ले बताउनु भयो। प्रमुख अथिती ले एप्स को बटन क्लिक गरेर एप्सको शुभारम्भ गर्नु भएको थियो।
कार्यकम का सभापति गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल गण्डकी प्रदेश का अध्यक्ष नबराज अधिकारी ले होम स्टे लाइ यो मोबाइल एप्सले गाउँ देखि सहर जोड्ने र घरबास लाई आफनो विश्व बजार सम्म जोड्न कोसेढुङ्गा सावित हुने बताउनु भयो।
अहिले यस होमस्टे मोबाइल एप्स बाट गण्डकी प्रदेश का ५० वटा घरबासहरु अनलाइन प्रविधि मार्फत बुकिङ गर्न मिल्ने छ भने नेपालका अन्य २५४ वटा होमस्टेको विवरण हरु हेर्न मिल्ने कुरा बताउनु भयो।
साथै यस्तो प्रविधि गाउँ सम्म पुर्याउने पहिलो संस्था भएको बताउनु भयो।
यस डिजिटल प्रविधि का बारेमा अब का केही दिन मा घरबास संचालकहरू लाइ तालिम दिई प्रभावकारी रूपमा प्रयोगमा आऊने कुरा संस्था का संस्थापक अध्यक्षले बताउनु भयो ।कार्यक्रममा संचालन तारा नाथ पहारी ले गर्नु भयको थियो।

खबर एक्सप्रेस