आज:  | Sat, 20, Apr, 2024

मुख्यमन्त्री द्वारा प्रदेश अस्पताल परिसरमा बृक्षारोपण

२०७८, २४ असार बिहीबार १७:३९ मा प्रकाशित ( २ साल अघि) ८०६१ पाठक संख्या

सुर्खेत। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल परिसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलेबृक्षारोपण गरेका छन्। मंगलवार दिउँसो प्रदेश अस्पतालको नवनिर्मित भवनको परिसरमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएिको हो । उक्त कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रदेश अस्पतालको भौतिक पूर्वाधारको विकासका साथै गुणस्तरीय सेवामा पनि सुधार गरेकोमा खुशी व्यक्त गरे। मुख्यमन्त्री शाहीले वृक्षरोपणले अस्पतालको सुन्दरका साथै वातावरण जोगाउन पनि सहयोग पुग्ने बताए। अस्पतालले पछिल्लो समयै विभिन्न सेवाहरु थप गरेको र प्रदेशकै नमूना योग्य भएको हुँदा यसको विकासका लागि प्रदेश सरकार सधैं तयार रहेको बताए। प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले प्रदेश अस्पतालको सेवाका साथै भौतिक पूर्वाधार र वातावरणीय सुधारका कामहरु भइरहेको बताए । उनले प्रदेश अस्पतालको सुधारका लागि प्रदेश सरकारले पनि धेरै सहयोग गरेको भन्दै अस्पतालको नयाँ योजनाहरु पूरा गर्नतर्फ ध्यानाकर्षण गराए। वृक्षरोपण कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली, काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलगायतको उपस्थिति थियो।

खबर एक्सप्रेस