आज:  | Fri, 06, Aug, 2021

विपत्त व्यवस्थापन कोषमा भुवन चैत्य बसुन्धरा फाउण्डेसनको आर्थिक सहयोग

२०७८, २३ असार बुधबार १३:५२ मा प्रकाशित ( ४ हफ्ता अघि) ३२८७ पाठक संख्या

काठमाडौं– भुवन चैत्य बसुन्धरा फाउण्डेसनले चलचित्रकर्मी हितका लागि चलचित्र विकास बोर्डको संरक्षकत्वमा पेशागत संघ–संस्थाद्वारा सञ्चालनका लागि स्थापित विपत्त व्यवस्थापन कोषमा ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

फाउण्डेसनकी अध्यक्ष बसुन्धरा भुसालले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई गत आईतबार उक्त रकम हस्तान्तरण गरेकी हुन् । त्यसअघि भुसालको अध्यक्षतामा बसेको बैठकले एक लाख दुई हजार रुपैयाँ सिन्धु सहायता कोषलाई र एकाउन्न हजार रुपैयाँ चलचित्रकर्मी बिपद व्यबस्थापन कोषलाई अर्पण गर्ने निर्णय गरेको थियो । 

चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई क्रियाशिल बनाउनु पर्ने पहिलो कर्तव्य र दायित्व सम्झेर यसअघि नै नेपाल चलचित्र कलाकार संघले ५५ हजार रुपैयाँ  प्रदान गरिसकेको छ । कलाकार संघको केन्द्रले ३० हजार तथा कलाकार संघ बेलायतले २५ हजार गरी उत्त: रकम प्रदान गरेको छ । यसैबीच कलाकार संघका अध्यक्ष रबीन्द्र खड्काले उन्डेसनका सहयोगी मनहरु भुवन चन्द, चैत्य देवि सिंह , बसुन्धरा भुषाल, माइकल चन्द, चेत नारायण भुषाल , मोहन निरौला लगायत सम्पूर्ण फाउन्डेसन परिवारमा हार्दिक आभार प्रकट गर्दै देशर बिदेशमा रहेका चलचित्रकर्मी, दाता संघ–संस्थालाई  बिपत्त ब्यवस्थापन कोषमा सहयोगका लागि हार्दिक अपिल गरेका छन् ।

खबर एक्सप्रेस