आज:  | Thu, 05, Aug, 2021

कर्णालीको अर्गानिक बस्तुलाई देशबिदेशसम्म प्रबर्द्धन: हिक्मत चन्द 

२०७८, १६ असार बुधबार १०:१० मा प्रकाशित ( १ महिना अघि) ८२४७ पाठक संख्या

सुर्खेत,गणेश तिवारी – पछील्लो समय युवाहरु ब्यबसायमा जुटन थालेका छन् । सुर्खेतका युवा ब्यबसायी एव मेचीमहाकाली सफाइ अभियानका अभियन्ता सुर्खेत सफाइ अभियानका सयोजक हिक्मत चन्दले कर्णाली प्रदेशका बिभिन्न क्षेत्रमा उत्पादित अर्गानिक बस्तुलाई प्रबर्द्धन गर्दै आउनु भएको छ । कर्णाली अर्गानिक कृषि घर एण्ड सुपर फुड मार्फत सो सेवा गरीरहेको वहाले बताउनु भयो ।

 

कर्णाली प्रदेस अर्गानिकको निकै सम्भावना भएको क्षेत्र हो ।यहाको उत्पादनलाई देशका अन्यभागसम्म पुर्याउने लछ्य समेत् कम्पनी रहेको बताउनु भएको छ । कर्णालीको सिमी मार्सी, ओखर, जडिबुटी लगाएत खाद्यान्न बिक्रि बितरण् गर्दै आउनु भएको छ । भने मार्सी र जुम्ली सिमि क्यानडा लगाएत अन्य देशमा पुगेको छ । आगामीदिनमा यो कम्पनीलाई अझ बिस्तार गर्दै लैजाने योजना रहेको बताउनु भएको छ ।

खबर एक्सप्रेस