आज:  | Thu, 25, Apr, 2024

धान दिवसमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

२०७८, १५ असार मंगलवार ००:०७ मा प्रकाशित ( २ साल अघि) १२८३५ पाठक संख्या

वीरेन्द्रनगर, असार १४ गते । धान दिवसको अवसर पारेर कर्णाली प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो ।     

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइने छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवद्र्धन गर्न सो निर्णय गरिएको बताइएको छ। 

खबर एक्सप्रेस