आज:  | Fri, 06, Aug, 2021

रोनाल्डोले नयाँ किर्तिमान बनाए

२०७८, १० असार बिहीबार ११:३३ मा प्रकाशित ( १ महिना अघि) १८३० पाठक संख्या

क्रिस्टियानो रोनाल्डोले फुटबलमा नयाँ किर्तिमान बनाएका छन् । उनले पोर्चुगलका लागि १०९ गोल गरेर किर्तिमान बनाएका हुन् । अहिलेसम्म इरानका अली दाईको नाममा रहेको कुनैपनि देशबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको किर्तिमानसँग रोनाल्डोले बराबरी गरेका छन् । अब एक गोल थपेमा उनले किर्तिमान भंग गर्नेछन् । सन् १९९३ देखि २००६ सम्म अली दाईले इरानका लागि १०९ गोल गरेका थिए । यो किर्तिमान १५ वर्षसम्म कसैले तोड्न सकेको थिएन ।

३६ वर्षीय रोनाल्डोले गएराति फ्रान्ससँगको खेलमा दुई गोल गरेर किर्तिमान बनाएका थिए । बराबरीसँगै गत युरो कपको विजेता पोर्चुगल अघिल्लो चरणमा प्रवेश गरेको छ ।

खबर एक्सप्रेस