आज:  | Fri, 19, Apr, 2024

वाग्मती सफाई सहित पशुपती क्षेत्र र बिष्णुमतीमा बृक्षारोपण

२०७८, ५ असार शनिबार २०:२९ मा प्रकाशित ( २ साल अघि) २०९५७ पाठक संख्या

बिगत आठ बर्षदेखी निरन्तर चलि आएको स्वयंमसेवी अभियान वाग्मती सफाई महाअभियानले ४२३ हप्ता पार गरेको छ । कोरोना संक्रमणका कारण अभियन्ताहरु बिभिन्न भागमा सानो सानो समूहमा बनाई सफाइ गर्दै आएको अभियन्ता डा. माला खरेलले बताउनु भयो । आज आज पशुपति क्षेत्रमा सफाई अभियानको निरन्तरता दिइएको छ । अधिकार सम्पन्न वाग्मती एकिकृत बिकास समितीका अध्यक्ष उद्वब तिमिल्सिना लगाएत अभियन्ताको सहभागीतामा सफाइ अभियान भएको थियो ।


सोही अवसरमा पशुपति क्षेत्र बिकास कोषको प्राङ्गणमा बहुउपयोगी जडीबुटी गुर्जो समेत रोपिएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य श्री मिनबहादुर शाहीको प्रमुख आतिथ्यतामा ,गुर्जो अभियन्ता कमल बहादुर राजलवटको अगुवाईमा यो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा योग गुरु किशोर जोशी, पशुपति बिकास कोषका कार्यकारी प्रमुख डा.घनश्याम खतिवडा, काठमाडौं नगरपालिका वडा नं एघारका अध्यक्ष हिरालाल तण्डुकार, वडा नं नौ का वडा सदस्य टेजराज अधिकारी, बागमती अभियन्ता केशब पुडासैनी, उत्तम पुडासैनी, चक्रबहादुर चन्द,आशा पाण्डे र दुर्गा रावल लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन अभियन्ता माला खरेलले गर्नुभएको थियो ।


त्यस्तै आजै बिष्णुमती सफाई अभियानको ३५५ हप्ताको अभियान सम्पन्न भएको छ । अभियानको आयोजनामा बिष्णुमती नदी किनारामा रिठो, पैंयुँ, जस्ता चालिस वटा विरुवा रोपिएको संयोजक शोभाकान्त पाण्डेले बताउनु भएको छ । टोखा वडा नम्बर ९ मनमैंजु पुलदेखि शिवमन्दिरसम्म विरुवा रोपिएको थियो । बृक्षारोपण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदी, वाग्मती सरसफाइ अभियन्ता चक्र बहादुर चन्द , नेपाल प्रहरी आनन्दटोल, ऐश्वर्य नगर सेवा समाज का अध्यक्ष सुर्य गेलान मगर, शिवनगर टोलसमिति पुर्व अध्यक्ष तथा भुतपुर्व आर्मी संघ अध्यक्ष मोहन कार्की, जागरण टोल समिति अध्यक्ष मन्जु महर्जन र खडग बहादुर थापा, विनायक फोहर मैला प्रा.लि.अध्यक्ष राजन प्रजापति, विष्णुमती सफाइ अभियन्ता राम शर्मा, उमेश शिवाकोटी , मनिषा खड्का, शुसान्त पाण्डेय , गोकुल कँडेल , शिव कुमार श्रेष्ठ लगाएतको सहभागीता रहेको संयोजक पाण्डेले बताउनु भयो ।

खबर एक्सप्रेस