आज:  | Fri, 29, Mar, 2024

चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई कलाकार संघको सहयोग-

२०७८, ३ असार बिहीबार २१:५९ मा प्रकाशित ( २ साल अघि) १७७९५ पाठक संख्या

चलचित्र बिकाश बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ युके शाखाको तर्फबाट क्रमश: रू ३०,०००।-र रू २५,०००।-गरी पचपन्न हजार २०७८ आषाढ ३ गते चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाललाई संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खडका र शाखा युकेका उपाध्यक्ष सुरेशराज पाठकले हस्तान्तरण गर्नु भयो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाले बिपद ब्यबस्थापन कोषलाई क्रियाशिल बनाई आपत बिपद पर्दा चलचित्रकर्मीलाई सहयोग गर्न सकिने कुरालाई मध्य नजर राख्दै कोषलाई सहयोग गरिदिन युके शाखा लगायत स्वदेशी तथा बिदेशी दाताहरूलाई अनुरोध गर्नु भएको थियो । सोही अनुरोध अनुसार यु के शाखाबाट सहयोग प्राप्त भएकोमा यसै बक्तव्य मार्फत यु के शाखालाई धन्यवाद दिन चाहन्छौ ।साथै बिपद ब्यबस्थापन कोषलाई संचारकर्मी स्वतन्त्र महर्जनले पनि यस अघिनै पांचहजार पांचसय पचपन्न प्रदान गर्ने घोषणा गरिसक्नु भएको छ भने मोहन निरौलाले दश हजार पांचसय प्रदान गरिसक्नु भएको छ ।कोषलाई रकम हस्तान्तरण को कार्यक्रममा संघका अध्यक्ष रवीन्द्र खडका,उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौला , कोषाध्यक्ष सुनिल कटवाल,संघका कार्यकारिणी सदस्य उद्धव भट्टराई,कार्यकारिणी सदस्य रामेश्वर बुर्लाकोटी,कार्यकारिणी सदस्य तथा चलचित्र जांच समितिका सदस्य राजेश महर्जन , यु के शाखाका उपाध्यक्ष सुरेश राज पाठक र संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।
रकम हस्तान्तरण पछि चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालले कलाकार संघले भर्खरै गठन भएको चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई सक्रिय बनाउन रकम प्रदान गरेर जुन क्रियाशिलता देखाएको छ त्यसको लागि बिकाश बोर्डको तर्फबाट धन्यबाद दिन चाहन्छु भन्दै यही बर्ष भित्रमा बिकाश बोर्डले पनि केही रकम निकाशा गराउने बचनबद्धता प्रकट गर्नु भयो ।
चलचित्रकर्मीलाई प्राकृतिक र अन्य कारणबाट बिपद पर्दा यो कोषबाट सहयोग हुने गरी चलचित्रका बर्गीय संस्थाहरूको सहभागितामा यो कोष चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको सक्रियतामा हालै मात्र गठन गरिएको हो । यो कोषमा चलचित्रका पेशागत संस्थाहरूको प्रतिनिधित्व रहेको संचालक समिति गठन गरिएको छ । साथै चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई सक्षम बनाउन चलचित्रकर्मी लगायत स्वदेशी तथा बिदेशी मनकारी दाताहरूमा आर्थिक सहयोग प्रदान गरिदिन हुन पनि हामी अनुरोध गर्न चाहन्छौ ।

-मोहन निरौला
उपाध्यक्ष तथा प्रवक्ता
नेपाल चलचित्र कलाकार संघ(FAAN)
मिति-२०७८/३/३ गते ।

खबर एक्सप्रेस