आज:  | Fri, 06, Aug, 2021

सामाजिक सञ्जाललाई व्यवस्थित गरौं

२०७८, ३ असार बिहीबार २१:५० मा प्रकाशित ( १ महिना अघि) १५५१ पाठक संख्या

काठमाडौँ गणेश तिवारी । सञ्चार क्षेत्रका विज्ञहरुले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘अनलाइन टिभी, (युट्युब) लगायत सामाजिक सञ्जाल र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ विषयक अन्तरक्रियामा सञ्चार विज्ञ तथा सरोकारवालाले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका हुन् । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ती मिडियाबाट आउने अडियो÷भिडियो सामग्रीमा पत्रकारिता भए÷नभएकोबारे बहस गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिलले छलफल शुरु गरेको जानकारी दिनुभयो । छलफलमा सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै सोसियल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्न खोजेको हो होइन बुझ्नुपर्ने औल्याईयो ।
रासस

खबर एक्सप्रेस