आज:  | Wed, 27, Mar, 2024

पहुँच नभएकालाई स्वास्थ्य सामग्री उपलब्ध गराउन ‘द च्यारिटेबल चार्म’ कार्यक्रमको आयोजना

२०७८, ३ असार बिहीबार २०:३१ मा प्रकाशित ( २ साल अघि) २२८४८ पाठक संख्या

बिष्णु प्रसाद आचार्य झापा । पहुँच नभएकालाई स्वास्थ्य सामग्री उपलब्ध गराउन ‘द च्यारिटेबल चार्म’ कार्यक्रमको आयोजना हुने भएको छ! नेपालमा कोभिड १९ का कारण जनस्वास्थ्यमा निम्तिएको विषम परिस्थितिका बारेमा सबैलाई जानकारी नै छ । कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले श्रमजीवी, मजदुर र न्यून आर्थिक अवस्था भएका नागरिकहरुलाई धेरै नै समस्या परेको छ । निषेधाज्ञाको कारण आर्थिक विपन्ता भोग्न बाध्य नागरिकहरुको सहयोगार्थ प्रगतिवादी युवा समाज नेपालको आयोजनामा,सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बङ्गलादेश, , LEO District 325A1 , राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल, र युथ फर नेसनको सह–आयोजनामा अनलाइन जुम प्रविधिबाट ‘द च्यारिटेबल चार्म’ नामक कार्यक्रम गर्न लागिएको छ ।

असार ६ गतेबाट सुरु हुने यस कार्यक्रम असार १२ गते सम्म चल्ने छ । अध्यात्म, विज्ञान, स्वास्थ्य, साहित्य, कला, सङ्गीत, उद्यमशीलता जस्ता विविध विषयमा ४० भन्दा धेरै सम्बन्धित क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु द्धारा प्रशिक्षण गराइनेछ । ‘द च्यारिटेबल चार्म’ कार्यक्रममा सहभागी भएर विविध विषयमा प्रशिक्षण लिन रु.३०० अनिवार्य बुझाउनु पर्नेछ । कार्यक्रममा सहभागीहरुबाट संकलन भएको रकम कमजोर आर्थिक अवस्था भएका नागरिकहरुलाई अत्यावश्यक राहत सामग्री खरिद तथा वितरण गर्ने उद्देश्व रहेको छ । युवाहरुलाई सामाजिक उत्तरदायित्व बहन गर्न अभिप्रेरणा पनि प्राप्त हुने साथसाथै अत्यन्त जीवनोपयोगी विषयमा प्रशिक्षण पनि प्राप्त गर्न सकिने हुँदा यो अवसरलाई सक्दो सदुपयोग गर्न आयोजकले अनुरोध गरेको छ । साथै भविष्यमा द च्यारिटेबल चार्म नामक संस्था दर्ता हुने छ । पारदर्शीता कायम गर्न ‘द च्यारिटेबल चार्म’ को आधिकारिक फेसबुक पृष्ठ तथा सामाजिक सञ्जालमा आर्थिक कारोबारको विवरण नियमित रुपमा सार्वजनिक गरिने छ ।

खबर एक्सप्रेस