आज:  | Sun, 24, Mar, 2024

विपतको वेला राप्रपा सँधै जिल्लावासीको साथमा

२०७८, २ असार बुधबार १४:२३ मा प्रकाशित ( २ साल अघि) २०१५१ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य विजय खडकाले कोभिड १९ महामारी विच दोलखा जिल्लामा अग्रिम मोर्चामा खटिएका स्वास्थ्यकर्मी,नेपाली सेना,नेपाल प्रहरी ,नेपाल पत्रकार महासंघ,एफएम,अनलाइन लगायतमा कार्यरतका लागि तथा स्वास्थ्य चौकिहरूको लागि सेनेटाईजर,माक्स लगायतका स्वास्थ्य सामाग्री राप्रपा दोलखाका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मार्फत हस्तान्तरण गरेका छन,उक्त कार्यक्रमलाई सम्वोधन गर्दै खडकाले विपत्तिको वेलामा राप्रपा सँधै दोलखा जिल्लावासीको साथमा रहेको वताए,उनले विगतमा पनि अक्सिजन हाईड्रोजन मेसिन राप्रपाको पहलमा जिल्ला अस्पतालमा हस्तान्तरण गरिएको आगामी दिनमा राप्रपाकै पहलमा अक्सिजन कन्सन्ट्रेटर लगायतका सामानहरू हस्तान्तरण गरिने वताए,विपतको वेलामा सहयोग गर्ने प्रवासमा रहनुहुने साथिहरूले आफ्नो गाँस कटाएर सहयोग गरेको सामाग्री समुदायमा पुग्ने र पुर्ण सदुपयोग हुने उनले वताए, ग्लोबल चिम्से सोल अर्गनाइजेसनका अध्यक्ष पारस राई,अमेरिकामा रहेका सुवास पोखरेल,कोरियामा रहेका उद्वब दहाल,छवि ओझा लगायतको  रू ८५,४४७/- सहयोगमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।उक्त अवसरमा राप्रपा कार्यसम्पादन समितिका सदस्य प्रविणकुमार थोकरले सवै सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गरे।राप्रपा जिल्ला अध्यक्ष राजनवहादुर शिवाकोटी र दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठले उक्त सामाग्री समुदायमा पारदर्शी तरिकाले हस्तान्तरण गरिने वताए।

खबर एक्सप्रेस