आज:  | Fri, 06, Aug, 2021

पर्यटकको पर्खाईमा ताङ्गतिङ्ग

२०७८, २ असार बुधबार १३:२५ मा प्रकाशित ( १ महिना अघि) ४४३४ पाठक संख्या

कास्की, मेघमान श्रेष्ठ । कोरोनाको कहर र लकडाउनका कारण पर्यटन ब्यवसाय धारासायी भयो भनेर मादी गाउँ पालिका वडा न. २ ताङ्गतिङ्ग होम स्टेका सचिव पुर्णशोभा गुरूङ्ग (पुनम) ले बताउनु भयो । यस बर्ष २५ सय जति आन्तरिक तथा बाह्य पर्यटक गाउँमा भित्र्याउने लक्ष्य लिएकोमा करिव ११ सय जति लाई मात्र गाउँमा स्वागत गर्न पाएको कुरा होम स्टेका अध्यक्ष पसमाया गुरूङ्गले बताउनु भयो ।

कास्की जिल्लाको मादी गाउँ पालिका वडा नम्वर २ मा रहेको यो होम स्टे पुरानो गुरूङ्ग समुदाय रहेको बस्ती हो। यहाँ गुरूङ्ग बस्ती, सेताम्मे हिमाल हेर्न पाईन्छ । प्रति दिन प्रति ब्यक्ति मात्र रू. १ हजारमा गुरूङ्ग खाना , खाजा, बासको ब्यवस्था र गुरूङ्ग सास्कृतिक हेर्न समेत पाईने ब्यवस्था मिलाईएको र वडा कार्यालयबाट समेत पर्यटकको सुविधाको लागि सक्दो प्रयास गरिरहेको कुरा वडा अध्यक्ष एक जङ्ग गुरूङ्ले बताउनु भयो । देशमा अमन चयन कायम भई सजिलो सित जीवन यापन गर्ने वातावरण भयो भने पोखराको काहुँखोला बस स्टेशनबाट आउन सकिने कुरा बताउदै हाम्रो यस गुरूङ्ग बस्ती ताङ्गतिङ्ग होम स्टेमा सबैलाई स्वागत गर्न आमा समूह र होमस्टे परिवार पर्खि बसेका छौं भनेर सचिव पुर्णशोभा गुरूङ्ग (पुनम( ले बताउनु भयो ।

 

खबर एक्सप्रेस