आज:  | Fri, 19, Apr, 2024

अभिनेता पल राहत बोकी दैलेख र कालिकोट

२०७८, २ असार बुधबार ११:५५ मा प्रकाशित ( २ साल अघि) १९२५२ पाठक संख्या

पछिल्लो समय सामाजिक कार्यमा सक्रियताका साथ लागीरहेका अभिनेता हुन पल शाह । उनी कोरोना संक्रमणको पहिलो चरणदेखी नै निरन्तर सामाजिक कार्यमा सहयोगका हातहरु बढाईरहेका छन् । यहि कार्यका लागी उनी नेपालको बिकट कर्णाली प्रदेशको कालिकोट र र्दैलेखको यात्रामा रहेका छन् । उनले दैलेखको तल्लो डुङ्गेश्वोर स्थित बिपन्न बादि समुदायका ३४ घरपरिवारलाई खाध्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्री बितरण गरेका छन् । यो कार्यक्रम पश्चात उनको टिम अब कालिकोट प्रस्थान गरेको छ ।

 

 

खबर एक्सप्रेस