आज:  | Fri, 22, Mar, 2024

भारतीय फिल्मका चर्चित अभिनेता संचारी विजयको मोटरसाइकल दुर्घटना मृत्यु

२०७८, १ असार मंगलवार १८:३३ मा प्रकाशित ( २ साल अघि) ९५१८ पाठक संख्या

भारतीय कन्नड फिल्मका चर्चित अभिनेता संचारी विजयको एक मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाईते भएसँगै सोमबार उनको निधन भएको छ । गत शनिबार उनी आफ्ना साथी नविनसँग मोटरसाईकलको पछाडि बसेका थिए । जब मोटरसाईकल चिप्लिएर एउटा बिजुलीको खम्बासँग ठोक्कियो । उनका साथी नविनको खुट्टा भाँच्चियो तर विजयलाई भने गम्भीर चोट लागेको थियो ।उनलाई दुर्घटनापछि बेंगलुरुको अपोलो अस्पतालमा पुर्याइयो जहाँ उनको तत्काल ब्रेन सर्जरी गर्नुपर्यो तर उनी बचेनन् । उनका परिवारका अनुसार उनको अंगदान गर्ने निर्णय भएको बताइएको छ । उनले फिल्म ‘नानू अवनाल्ला अवालू’ मा उत्कृष्ट भूमिकाका निर्बाह गरेका कारण उनलाई तत्कालिन राष्ट्रपती प्रणव मुखर्जीबाट राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । – एजेन्सी

खबर एक्सप्रेस