आज:  | Sat, 20, Apr, 2024

कोरोनाबाट निको हुने दर ८८.३ प्रतिशत

२०७८, १ असार मंगलवार १८:३१ मा प्रकाशित ( २ साल अघि) १३५१७ पाठक संख्या

काठमाडौं, असार १ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा सात हजार ४४९ नमुनाको आरटीपीसीआर परीक्षण गर्दा एक हजार ६८१ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १२ हजार २०२ पुगेको छ । एन्टीजेन विधिबाट २२ हजार ४०३ को रिपोर्ट पोजेटिभ आएको छ । नेपालमा हाल ६३ हजार २५७ जनामा सक्रिय सङ्क्रमण रहेको छ । सोही समयमा चार हजार १८७ सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केका छन् । हालसम्म पाँच लाख ४० हजार ४३९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको हुने दर ८८.३ प्रतिशत पुगेको छ । पछिल्लो चौबीस घण्टामा ४१ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५०६ जनाको मृत्यु भैसकेको छ ।

खबर एक्सप्रेस