आज:  | Fri, 06, Aug, 2021

आज बिश्व रक्तदाता दिवस

२०७८, ३१ जेष्ठ सोमबार १९:५९ मा प्रकाशित ( १ महिना अघि) ६७२८ पाठक संख्या

मानव जीवन को सबैभन्दा उत्तम कार्य भनेकै रक्तदान हो ! आपतकालीन अवस्थाको बिरामी जस्तै, क्यान्सर, डेलिभरी, सडक दुर्घटना, शरीरमा रगतको कमि, लिभरको समस्या इत्यादि भएको बिरामीले अस्पतालमा उपचारत भै रहदा रक्तदाताले सहजै रुपमा नजिकैको रक्तसञ्चार सेवा बाट रगत परिपुर्ति गर्न गराउन नेपाल रेडक्रस सोसाइटी, विभिन्न संघसस्था सधैं तत्परता का साथ लागि रहेकै अवस्था छ ! तर यो कोरोनाको दोस्रो लहर, महामारीका बीच पनि झापामा रगतको त्यति कमि भै हालेको अवस्था छैन, नेपाल रेडक्रस सोसाइटी झापा शाखा, कोभिट रेस्पोन्स टिम, सुरुवाती कोठा नेपाल,हाम्रो अभियानको सहकार्यमा रगतको परिपुर्ति गरिदै आइ राखिएको अवस्था छ! अघिल्लो महामारीमा पनि झापा लगायत प्रदेश – १ का ठुल्ठुला अस्पतालका बिरामी हरुका लागी पनि झापा बाट रगतको सहजीकरण भएको थियो! यसपटक कोभिड रेस्पोन्स टिमले पुर्ब तयारीका साथ प्लाज्मा रगत ( कोरोना लागेर निको भएको बिरामी हरुको एण्टि बडि) १४ पृन्ट रगत ब्यबस्थापन गर्न सफल भएका छौ! कोरोना महामारीका बिच स्वास्थ्य सुरक्षा अपनाउदै, सुरुवाती कोठा नेपालको आयोजना, नेपाल रेडक्रस सोसाइटी झापा, जिल्ला स्वास्थ्यको समन्वय साथै विभिन्न सस्थाको सहकार्यमा यो कार्य सम्भव भएको छ! तथापि अस्पतालमा आउने बिरामीका लागि तत्काल रक्तदाताको पहिचान गरि आपतकालीन बिरामी हरुका लागि रगतको ब्यबस्थापन गर्दै आइरहेका छौ ! त्यसका बाबजुत स्वास्थ्य सुरक्षा लाई आत्म साथ गरि रगतको सहजीकरण गर्न/ गराउन सबैमा आव्हान गर्दै आइरहेका छौ! म आफै पनि नियमित रक्तदाता भएको हुदा आज रक्तदाता दिवसको दिन ब्लड क्यान्सर बिरामी लाई रक्तदान गर्ने अवसर मिल्यो यो मेरो २९ औ पटकको भएछ ! तथापि रगतको आवश्यक हुँदा कहिले काहीँ बिरामीका भिजीटर हरु धेरै अत्तालिने, सूचना सप्रेसणको कमिले रक्तदाता हरुले दु:ख पाई रहेको अवस्था पनि छ! दोस्रो कुरा बिरामीलाई कति बेला कस्तो प्रकृतीको रगत आवस्यक छ, कति पृण्ट रगत चाहिने हो, त्यो सम्पुर्ण विवरण हरुको जानकारी नहुदा पनि रगत सहजीकरण गर्न अलि समस्या आउने गरेको छ! हामीले बिरामीको भिजिटर बाट सहि सूचना लिए पछि वहाँ हरुको आफन्तमा वहको रगत समुह मिल्ने नमिल्ने, नजिकैको रक्तसञ्चारमा बिरामीलाई चाहिने रगत छ छैन सबै कुराको पुर्ण जानकारी लिएर मात्र रक्तदाता पहिचान गर्न तर्फ लागौं ! हामी संग जोडिएर रक्तदान गर्न प्रेरित गर्न/ गराउन लाग्नु हुने सम्पुर्ण संघसस्था, शुभेच्छुक हरुमा हृदय देखि हार्दिक नमन ।🙏

बिस्नु प्र. आचार्य
रगत समूह – B+
अर्जुनधारा-६ झापा !

खबर एक्सप्रेस