आज:  | Fri, 06, Aug, 2021

५३ जना सङ्क्रमितको मृत्यु

२०७८, ३१ जेष्ठ सोमबार १९:०५ मा प्रकाशित ( १ महिना अघि) ७१४ पाठक संख्या

काठमाडौं, जेठ ३१ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाका नौ हजार ४३८ को आरटीपीसीआर परीक्षण गर्दा दुई हजार ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १० हजार ५२१ पुगेको छ । पछिल्लो चौबीस घण्टामा पाँच हजार १४७ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा पाँच लाख ३६ हजार २५२ जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८७.८ प्रतिशत पुगेको छ । सोही समयमा ५३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा आठ हजार ४६५ जनाले ज्यान गुमाएका छन् ।

खबर एक्सप्रेस