आज:  | Fri, 06, Aug, 2021

वैशाख यता चिनबाट १० हजार थान अक्सिजन सिलिण्डर आयात

२०७८, ३१ जेष्ठ सोमबार ०९:२२ मा प्रकाशित ( १ महिना अघि) २१४० पाठक संख्या

नेपालमा कोरोनाको दोस्रो सङ्क्रमणमाअक्सिजन सिलिण्डरको निकै हाहाकार भयो । धेरैले ज्यान समेत गुमाएका थिए । यही अवस्थामा सरकारको तर्फबाट र निजी व्यवसायीले चिनबाट अक्सिजन सिलिण्डर आयातको शुरुवात गरे । ब्यापारीले रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गरीरहेका छन् । वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्र्याइसकेका छन् । अक्सिजन सिलिण्डरका लागि नेपाल सरकारको निर्णयानुसार भन्सार शुल्क छुट गरिएको छ । सिलिण्डरका साथै स्यानिटाइजर तथा मास्कसमेत आयात भइरहेको छ ।

खबर एक्सप्रेस