आज:  | Fri, 06, Aug, 2021

निषेधाज्ञाको असार ७ गतेसम्म थप के गर्न पाईन्छ ?

२०७८, ३० जेष्ठ आईतवार १९:५८ मा प्रकाशित ( १ महिना अघि) २२०२ पाठक संख्या

काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ छ । आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको छ । पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय भएको थियो ।​ निषेधाज्ञाको मोडालिटी भने केही पनि परिवर्तन भएको छ ।​ अब होटल रेष्टुरेन्टले विहान ७ बजेदेखि टेक अवे गर्न पाउने छन् । भने खाद्यान्न, डिपार्टमेन्ट स्टोर, पुस्तक पसल र फलफुल पसल विहान ११ बजेसम्म खोल्न पाईने छ । भने दिउँसो ४ बजेबाट हार्डवेयर समेत खोल्न पाईने छ । गत वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो ।

खबर एक्सप्रेस