आज:  | Fri, 06, Aug, 2021

तीन हजार ९९४ जना कोरोनामुक्त

२०७८, ३० जेष्ठ आईतवार १९:४२ मा प्रकाशित ( १ महिना अघि) १६१३ पाठक संख्या

काठमाडौं, जेठ ३० गते । नेपालमा कोरोनाका एक हजार ६९४ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका छ लाख आठ हजार ४७२ पुगेको छ । नेपालमा हाल ६८ हजार ९५५ जनामा कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९९४ जना कोरोनामुक्त भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ । सोही समयमा ४६ जना सङ्क्रतिको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा मृत्यु हुनेको सङ्ख्या आठ हजार ४१२ पुगेको छ ।

खबर एक्सप्रेस