आज:  | Fri, 06, Aug, 2021

‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी

२०७८, २९ जेष्ठ शनिबार २१:०६ मा प्रकाशित ( १ महिना अघि) १८३० पाठक संख्या

काठमाडौँ । सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोरोना विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरेको जानकारी दिएका छन् । नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप लगाउन नपाएको कुरा समेत उल्लेख गरी पत्र पठाइने जानकारी दिएका छन् । ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारणले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् वहाँहरुको जीवनरक्षाका लागि भएपनि सो अनुरोध गर्न लागेको बताएका छन् । भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुबिधाले दुबैले तत्काल ‘कोभिशिल्ड’ खोप उपलब्ध नगराएपछि समस्या उत्पन्न भएको हो । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ बर्ष माथिका उमेर समूहका करिव साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले त्यस्ता व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

रासस

खबर एक्सप्रेस