आज:  | Fri, 06, Aug, 2021

FAANको “कलाकारलाई कलाकारको साथ” भन्ने आव्हानमा करिष्माको सहयोग

२०७८, २९ जेष्ठ शनिबार १८:४५ मा प्रकाशित ( १ महिना अघि) ५९८४ पाठक संख्या

हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री मोडल श्री निशा घिमिरेको परिबारलाई बरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले “कलाकारलाई कलाकारको साथ” भन्ने आव्हानका साथ अभिनेत्री निशाका पिता श्री प्रेम प्रसाद घिमिरेलाई रू २५०००। (पचिस हजार) नगद सहयोग प्रदान गर्नुभएको छ। नेपाल चलचित्र कलाकार संघको समन्वयमा आज मिति २०७८र२र२९ गते संघका बरिष्ठ उपाध्यक्ष श्री रेजिना उप्रेती, संघका प्रबक्ता तथा उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा संचारकर्मी संझना उप्रेती रौनियार ,बरिष्ठ फोटोग्राफर विकाश रौनियार र स्थानिय बाशिन्दा रत्न तामांगको उपस्थितिमा बरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले उक्त सहयोग रकम प्रदान गर्नु भएको थियो ।
यसैगरी बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले आफ्नो तर्फबाट रू १००००। (दशहजार),हाल अमेरिकामा रहनु भएकी अभिनेत्री उषा पौडेलले पठाउनु भएको रू २२०००। (बाईस हजार), र अमेरिकामा रहनु भएका प्रकाश थापाले पठाउनु भएको रू १००००। (दशहजार) रकम बरिष्ठअभिनेत्री रेजिना उप्रेतीले अभिनेत्री निशाका पिता प्रेम प्रसाद घिमिरेलाई प्रदान गर्नुभएको छ । सो कार्यलाई चलचित्र कलाकारसँगले सबै सहयोगी कलाकार साथै नर्भिक अस्पताल परिवारलाई आभार व्यक्त गरेको छ । आज एक प्रेष नोट जारी गर्दै चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले सो कुरा जनाएका हुन

खबर एक्सप्रेस